भारत प्रशासित कास्मिरमा १८ घन्टासम्म भिडन्त, भारतीय सेनाका ३ जवान मारिए
नयाँ दिल्ली । भारत प्रशासित कास्मिरमा भएको भिडन्तमा भारतीय सेनाका ३ जना जवानको मृत्यु भएको छ । १८ घन्टासम्म चलेको मुठभेड़मा हिज्बुलका २ सदस्यको पनि ज्यान गएको छ । भिडन्तमा भारतीय सेनाका केहि जवान घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

शोपियां जिल्लाको अवनीरा गांउमा शनिबार साझदेखि सुरु भएको भिडन्तमा केहि बेर अगाडी मात्र सकिएको छ । साथै जम्मू-कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गोलि चलाउदा एक भारतीय जवानको ज्यान गएको छ । भने घटनामा स्थानीय एक महिलाको पनि ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । एजेन्सी ।


