अमेरिकासँग भिडन्तको मुडमा रहेको उत्तर कोरियालाई चीनले पनि साथ छोड्दै, उत्तर कोरिया थप चिन्तामा

बेइजिङ । अमेरिकासँग भिडन्तको मुडमा रहेको उत्तर कोरियालाई चीनले पनि साथ छोड्दै गएको छ । हालै चीनले चालेको एउटा कदमले उत्तर कोरियालाई थप चिन्तामा पार्नेर्छ ।

चीनले उत्तर कोरियाबाट कोइला, फलाम, कच्चा फलाम, लिड, कच्चा लिड र सिफुड आयातमा प्रतिवन्ध लगाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले मंगलबारदेखि लागू हुने गरी यस्तो प्रतिवन्ध लगाएको हो । यो प्रतिवन्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव २३७१ अनुरुप रहेको मन्त्रालयको भनाई छ ।

सुरक्षा परिषदले गत ५ अगष्टमा प्रस्ताव २३७१ लाई सर्वसम्मतिले पारित गरेको थियो । सो प्रस्तावमा गत ३ जुलाई र २८ जुलाईमा उत्तर कोरियाले गरेको दुई अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको जवाफस्वरुप संयुक्त राष्ट्रसंघले थप प्रतिवन्धहरु लगाउने उल्लेख छ ।

ब्यालिस्टिक क्षेप्यास्त्रको जवाफमा लगाइएको यो अहिलेसम्मकै कडा प्रतिवन्ध हो । उत्तर कोरियाविरुद्ध राष्ट्रसंघले यस्तो प्रतिबन्ध लगाइरहँदा चीनले पनि साथ दिएको थियो । यसबाट कोइला, फलाम, कच्चा फलाम, लिड, कच्चा लिड र सिफुडमा पूर्ण प्रतिवन्धसहित उत्तर कोरियाको प्रमुख निर्यातमा ठूलो धक्का पुगेको छ । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।