जिसस इलाममा एमालेको प्यानलै विजयी

इलाम, साउन ३० । जिल्ला समन्वय समिति इलामको सोमबार भएको निर्वाचनमा नेकपा एमालेको पूरै समूह विजयी भएको छ ।

सोअनुसार जिसस प्रमुखमा एमालेका गणेशप्रसाद बरालले नेपाली कांग्रेसका केशव खत्रीलाई पराजित गरेका छन् ।

उपप्रमुखमा एमालेकै चित्रकला बराइली कांग्रेसकी वसन्ती घतानीलाई पराजित गरी विजयी भएकी छन् ।

एमालेका सबै उम्मेदवारले १६/१६ र कांग्रेसका उम्मेदवारले चार/चार मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए ।

जिसस सदस्यमा पूर्णबहादुर बस्नेत, चन्द्रबहादुर मगर, निरूमाया राई, उमाकान्त विश्वकर्मा, रत्नबहादुर अधिकारी, ज्याजिमा तामाङ र हिमकला बस्नेत निर्वाचित भएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।