आज देखि ५ रुपैयाँको नयाँ नोट प्रयोगमा ल्याउने
काठमाण्डौ, साउन ३१ । नेपाल राष्ट्र बैंकले आज देखि ५ रुपैयाँको नयाँ नोट प्रयोगमा ल्याउने भएको छ । हालको नोटमा रहेका केही चीत्र परिवर्तन गर्दै राष्ट्रबैंकले नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो ।

नयाँ नोटमा अहिले रहेको तलेजु भवानीको मन्दिर भएको ठाउँमा भूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र अंकित छ । सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल र याकहरुको ठाउँमा वन्य याक राखिएको छ । यि नोटहरु संकेत नम्बर ढ÷६६ ०००००१ देखि थ÷४५ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ ।


