प्रधानमन्त्री देउवा रमिता हेर्दै , गृहमन्त्री फोटो खिच्नमा ब्यस्त, धुर्मुस बाढी पीडितको उद्धारमा (फोटो फिचर सहित)
काठमाण्डौ , ३१ साउन ।मुलुक यतिखेर प्राकृतिक प्रकोपले आक्रान्त बनेको छ । मुलुकका बिभिन्न स्थानमा परेको अबिरल बर्षाका कारण आएको बाढी पहिरोमा परि हालसम्म १ सय १५ जनाले ज्यान गुमाईसकेका छन् । कयौ घाईते छन् भने दर्जनौ हराईरहेको छन् ।

बाढी पहिरो पिडितहरु उद्धार तथा राहत समयमा नहुँदा झन समस्यामा परेका छन् । बाढी पहिरो गएका ठाउहरुमा हैजाको प्रकोप फैलने सम्भावना देखिएको छ । स्थानीय स्तरबाट , बिभिन्न राजनितिक दलका स्थानीय कार्यकर्ता ,सेना प्रहरी , ससस्त्र तथा बिभिन्न संघ सस्थाहरुका प्रतिनिधि ,स्थानीय उद्धारमा खटिएका छन् । तर सरकारी ढिलासुस्तीका कारण पिडितले तत्का उचित राहत तथा उद्धार पाउन सकेका छैनन् ।

उता बाढी गएको केहिदिनमा प्रधानमन्त्री हेलिकोप्टर चडेर पुर्व पुग्नु भयो र सेनासँग जानकारी लिएर फर्कनुभयो । गृहमन्त्री जनार्धन हशर्मा पनि बाढीपिडित भएको ठाउमा जानुभयो भने अन्य सरकारी अधिकारी पुगेर रमिता हेरेर फर्किएका छन् । उता हास्कलाकार र्धुमु भने पिडितको सहयोमा निरन्तर खटिएका छन् ।

सोमबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायत सरकारी अधिकारीहरु बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमनमा गए ।

अनुगमन गर्दा उनीहरुले बाढी पहिरो प्रभावितको रमिता हेर्न बाहेक अरु केही गर्न सकेनन् । यता निकै चर्चामा रहेका हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) भने आफ्नो ज्यानको बाजी थापेर भएपनि बाढी पीडित क्षेत्र तराईमा राहत तथा उद्धारमा अहोरात्र खटिएका छन् । उनले महोत्तरीको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपीडितलाई राहत वितरण गर्नुका साथै उद्धारमा खटिए ।

यतिबेला सामाजिक सञ्जालले पनि निकै प्राथमिकता पाएको छ । बाढी पहिरो सम्बन्धिका गतिविधिले सामाजिक सञ्जालमा भित्ताहरु भरिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले धुर्मुसले गरिरहेको कामको खुलेरै प्रशंसा गरिरहेका छन् ।



