चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान, दुबैतर्फका केही सैनिक घाइते

चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ ।

पछिल्लो तनाव लद्दाख क्षेत्रमा भएको हो । यसअघिदेखि नै डोकलाम क्षेत्रमा दुबै देशका सेना आमनेसामने भएर बसेका छन् । सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न कुटनीतिक प्रयास असपल हुँदै गएको परिस्थितिमा लद्दाखमा मंगलबार दुबै मुलुकका सेना एकआपसमा भिडेका हुन् । यद्यपि दुबैतर्फबाट हतियार भने प्रयोग गरिएको थिएन ।

भारतले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा चिनियाँ सेना प्रवेश गर्न खोजेपछि सामान्य झडप भएको जनाएको छ । तर चीनले सीमा क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्न खोजेपछि भारतीय सेनालाई पछाडि हटाइएको दाबी गर्दै आएको छ ।

स्थिति नियन्त्रणमा लिन ‘ब्यानर ड्रिल’ गरिएको र दुबै पक्षका सेना आ–आफ्नो स्थानमा फर्किएको भारतीय संचारमाध्यमले सैनिक स्रोतलाई उद्धृत गर्दै जनाएका छन् । (एजेन्सी)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।