‘नेपाली जनता डुबाउने कोशी व्यारेजमा बम हान्दैनौं भन्न सकिन्न’ : नेता बुढामगर

बाग्लुङ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नेपाली जनतालाई डुबाइरहे कोशी व्यारेजमा बम हान्न पछि नपर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठनले बुधबार बाग्लुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विप्लवले कोशी व्यारेजमा बम पड्काउने धम्की दिएको भनि गलत प्रचार भएको बताए।

‘कोशी व्यारेज हटाउनुपर्छ यो नेपालीको हितमा छैन् भन्ने हाम्रो माग हो,’ बुढाले भने,‘अहिले नै बम हान्ने भन्ने कुरा त होइन तर यसरी नेपाली जनतालाई डुबाइराख्ने हो भने बम हानिन्न भनेर भन्न सकिन्न ।’

सरकार सञ्चालन गरिरहेका दलहरूको लाचारीपनका कारण अहिले मधेश डुबानमा परेको उनको दाबी थियो । उनले जनगणतन्त्र र वैज्ञानिक समाजवादका लागि पार्टीले हतियार उठाउन पछि नपर्ने बताए ।

बुढाले आफ्नो पार्टीको अन्तिम लक्ष्य वैज्ञानिक समाजवाद भएकाले त्यसको प्राप्ती नभएसम्म संघर्ष गर्ने उल्लेख गरे । ‘हाम्रो उद्देश्य भनेको शान्तिपूर्ण रुपमै व्यवस्था परिवर्तन होस् र जनताको राज्यसत्ता स्थापना होस् भन्ने हो,’ उनले भने, ‘त्यसका लागि गरिने आन्दोलनमा राज्यले हतियार प्रयोग ग¥यो भने हामी पनि हतियार उठाउँछौं ।

हामी आन्दोलनबाट भाग्दैनौं ।’ संसदीय व्यवस्था अन्त्य नभएसम्म देशमा जनताले दुःख पाइरहने उनको भनाई थियो । प्रचण्ड प्रतिगामी धारमा लागेकाले जनयुद्धका उपलब्धी गुम्दै गएको उनले जिकीर गरे । ‘प्रचण्ड अहिले प्रतिगामी तत्वसँग मिलेर सत्ता चलाएका छन्, हामीले त सर्वहाराको नेता बनाउँछौं भनेका थियौं, तर दलाली गर्न पुगे,’ बुढाले भने ।

दलाली प्रतिस्पर्धामा पनि प्रचण्ड पछि परेको उनको भनाई थियो । बाह्य शक्तिको डिजाइमा संसदवादी दलहरू चलेको र माओवादी केन्द्रले उनीहरूलाई साथ दिएको बुढाको आरोप थियो । ‘भारतको चाकडी गरेर सत्ता चलाउनेहरूको बोलवाला छ,’ उनले भने, ‘बाह्य शक्तिको डिजाइनमा नेपालमा फेरि रक्तपात मच्चिनसक्छ ।

अब राष्ट्रवादी देशभक्तहरू एकजुट नभए देश नै नहरने अवस्था आउन सक्छ ।’ स्थानीय तहको निर्वाचन जनताका लागि नभई संसदीय व्यवस्थालाई पक्षपोषण गर्ने भएकाले आफ्नो पार्टीले खारेज गर्न माग गरेको उनले बताए ।

‘विभिन्न प्रलोभन र डरत्रासमा परेर थबाङी जनताले दबाब दिएपछि हाम्रा केही युवा साथीहरु पनि निर्वाचनमा भाग लिनुभएछ,’ बुढाले भने, ‘हामी यो निर्वाचनको पक्षपाती होइनौं । निर्वाचनमा भाग लिएकाहरुलाई कारबाही गरेर पार्टी अगाडि बढेको छ।’ अहिले आफूहरू पार्टीको आन्तरिक प्रशिक्षण र तयारीमा व्यस्त भएको उनले बताए ।

‘अहिले हामी आन्तरिक प्रशिक्षण भेटघाटमा सक्रिय छौं,’ उनले भने, ‘केही दिनमा काठमाडौं वृहत ध्रुविकरण कार्यक्रम गर्दैछौं । त्यसमा माओवादी केन्द्र, एमाले, काँग्रेस लगायतका पार्टीबाट थुप्रै राष्ट्रवादी साथीहरू हामीसंग आउँदैछन् ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।