अमेरिका र उत्तर कोरियाबीच चलीरहेको तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले उत्तर कोरियाका शासक किमको प्रशंसा यसरी गरे
काठमाडौँ । अमेरिका र उत्तर कोरियाबीच चलीरहेको तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले उत्तर कोरियाका शासक किम जोंग उनको प्रशंसा गरेका छन् । ट्रंपले दुई देशबीच युद्दको माहोल बनिरहेको समयमा किम जोंग उनको प्रशंसा गरेका हुन् । उत्तर कोरियालाई लिएर अमेरिकी राष्ट्रपति अचानक बदलिएपछी संसारनै चकित भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रंपले ट्वीट गर्दै भनेका छन्, ”उत्तर कोरियाका किम जोंग उनले एकदमै समझदारीपूर्वक राम्रो निर्णय गरेका छन् । यो भन्दा अलग निर्णय विनाशकारी तथा अस्वीकार्य हुने थियो ।” यो भन्दा अगाडी अमेरिकी राष्ट्रपति ट्रंपले उत्तर कोरियालाई कडा धम्कि दिएका थिए । दुवै देशबीच परमाणु युद्द हुने ब्यापक आशंका गरिएको थियो ।
ट्रंपले अमेरिका वा उसका सहयोगी देशमा उत्तर कोरियाले हमला गर्ने सोच बनाएमा संसारले अहिलेसम्म नदेखको विध्वंसको सामना गर्नुपर्ने धम्की दिएका थिए । यो धम्कीलाई अमेरिकाको अन्तिम धम्कि मानिएको थियो । धेरैले सोचेका थिए, अब अमेरिकाले उत्तर कोरियामाथि हमला गर्दैछ ।
जवाफमा उत्तर कोरियाले पनि अमेरिकी अन्य अखडा रहेको गुवाम टापुमा परमाणु आक्रमण गर्ने तयारी गरीरहेको समाचार प्रकाशित भएको थियो । तर अमेरिकी राष्ट्रपति ट्रंप अचानक बदलिएपछि दुई देशबीच तनाब कम हुने आशा बढेर गएको छ ।

– न्यूज२४बाट ।


