पीडितको उद्धार राहतमा यसरी सक्रिय भैरहेछन नेपाली सेना – फोटो फिचरसहित

साउन २७ गतेको मध्य रातदेखि परेको अविरल वर्षाको कारण देशको विभिन्न भागमा आएको बाढी तथा पहिरोवाट प्रभावित विभिन्न जिल्लामा स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाको उद्धार तथा राहत टोलीले हवाई तथा पैदल मार्गबाट राहत सामाग्री वितरण गर्ने कार्य गरि रहेको छ ।

यसै क्रममा नेपाली सेनाको हवाई साधनबाट हाइजेनिक किट, पानी शुद्धिकरण गर्ने औषधी तथा खाद्यान्नहरु काठमाण्डौबाट प्रभावित ईलाकातर्फ लगिएको छ । यसको अतिरिक्त बाढी प्रभावित सप्तरी, नवलपरासी, बाँके तथा बर्दिया जिल्लाको विभिन्न स्थानहरुमा अस्थायी मेडिकल क्याम्प खडा गरी स्वास्थ्य उपचार समेत प्रदान गरि रहेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सप्तरी, सिराह, उदयपुर, धनुषा, रौतहट र नवलपरासी जिल्लाका विभिन्न स्थानहरुमा अस्थायी तटबन्ध निर्माण कार्य गरिएको र सप्तरी, बाँके, बर्दिया र नवलपरासी जिल्लाको विभिन्न स्थानमा अवरुद्ध सडकहरु सुचारु गर्ने कार्य समेत गरि रहेको छ ।

स्थानीय स्तरमा भएका क्षति सम्बन्धी जानकारी लिन र राहत वितरणको लागि क्षेत्रीय प्रशासकसहित नेपाली सेनाका पूर्वी पृतनापति उपरथी गौरव तण्डुल सिराह र सप्तरी जिल्लाको विभिन्न स्थानमा पुग्नु भई राहत बाड्नुको साथै स्थलगत जानकारी समेत हासिल गर्ने कार्य भएबाट उद्धार तथा राहत वितरण कार्य थप प्रभावकारी भएको छ ।

हाल देशको बिभिन्न जिल्लाहरुमा उद्धार, राहत तथा तटबन्ध निर्माण कार्यमा नेपाली सेनाको करिव १७५०० फौज खटिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।