नयाँ शक्ति फुट्यो, देवेन्द्र पौडेलसहित १७ नेताले छाडे बाबुरामको साथ (विज्ञप्ती सहित)

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका नेताहरुले देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् । नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका हुन्। यद्पी पौडेलले राजनीतिक कार्यदिशा भने नयाँ शक्तिकै तय गर्ने जनाएका छन्।

डा बाबुराम भट्टराईले नयाँ शक्तिमा पूर्व माओवादीहरुलाई वेवास्ता गरेको आरोप पौडल पक्षधरहरुले लगाउँदै आएका थिए। उनीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी सहितका अजेण्डा माओवादीसँग मिल्ने भएकाले ध्रुविकरण गर्नुपर्ने धारणा राख्दै आएका थिए। नयाँ शक्तिको वैचारिक कार्यदिशाको अलमल र अस्पष्टता रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

नयाँ शक्तिसँग बिद्रोह गर्नेहरुमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौँलागाई, शर्मिला तमाङ, रत्न राना, रविन्द्र सुनुवार, ललित ठगुन्ना र कुलबहादुर मोक्तान रहेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖