सन्नी लियोनका केरलाका फ्यानहरुले स्टेजनै भाँचिदिए

एजेन्सी/ बलिउड अभिनेत्री सन्नी लियोनको फ्यान फलोइङ गजबको रहेछ भन्ने हालै प्रमाणित भएको छ ।

बिहीवार उनी एक प्रोमोसनल कार्यक्रममा कोच्ची गएकी थिइन् । उनको एक झलकका लागि मानिसको ठूलो भीड जम्मा भयो ।

भीडलाई देखेर सन्नी लगायत सबैजना तीनछक्क परे । विशाल भीडलाई नियन्त्रण गर्नका लागि प्रहरीले लाठीचार्ज नै गर्नुप–यो ।

सन्नी कोच्ची पुग्नेबित्तिकै उनका फ्यानले उनलाई खुला दिलले स्वागत गरे ।

उनलाई हेर्नका लागि मानिसले स्टेज पनि भाँचिदिए र कटआउट्स च्यातेर भित्र पसे । फ्यानहरूले उनीसँग तस्वीर खिच्न तँछाडमछाड गरे ।

सन्नीले सामाजिक सञ्जालमार्फत यो अनुभव शेयर गर्दै भनिन्, ‘मसँग शब्द छैन । कोच्चीवासीहरूप्रतिको आभार म शब्दमा प्रकट गर्न सक्दिनँ । मानिसहरूको प्रार्थना र समर्थनबाट अभिभूत छु । यो शहरलाई म कहिल्यै भुल्ने छैन । धन्यवाद !’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।