‘दोक्लाम विवादले दक्षिण एसियालाई नै पिरोल्छ’, यस्तो छ अमेरिकाको रिपोर्ट

काठमाडौं, ४ भदौ । दोक्लाम विवादले युद्धको रुप लिन सक्ने भन्दै त्यसले अमेरिका र भारतको रणनीतिक साझेदारिता बढ्ने र बेइजिङ थप जटिलतामा फस्ने अमेरिकी कंग्रेसको एक रिपोर्टमा उल्लेख छ । यो प्रतिबेदनले अमेरिकी सरकारको आधिकारिक धारणाको प्रतिनिधित्व भने गर्दैन ।

अमेरिकाले वार्ताका माध्यमबाट दोक्लाम विवादको समाधान खोज्न चीन र भारतलाई आग्रह गर्दै आएको छ । अमेरिकी कंगे्रेसको कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) को दुई पेजको रिपोर्टमा चीन र भारतको यो युद्धउन्मुख तनावले दुई देशलाई मात्र नभएर सम्पूर्ण दक्षिण एसियालाई नै नकरात्मक प्रभाव पार्ने उल्लेख छ । त्यस्तै, दुइदेशबीचको शत्रुताको यो चरण भएको समेत बताइएको छ ।

भारतीय संचारमाध्यमले उक्त रिपोर्टलाई आधार बनाउँदै प्रकाशित समाचारमा दोक्लाममा भारतको चासो महत्वपुर्ण रहेकोले त्यसको संवोधन हुनुपर्ने बताएका छन् ।

‘चाइना–बोर्डर टेन्सन एट डोक्ला’ शिर्षकको प्रतिवेदनमा तनावले खुला द्धन्द्धको संभावना बढाएको भन्दै त्यसले अमेरिका र भारतको रणनीतिक साझेदारितालाई थप बलियो बनाउने उल्लेख छ । त्यसका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत वासिङटनको प्रष्ट दृष्टिकोण सार्बजनिक गर्न माग गरिएको छ । सीआरएस अमेरिकी कंग्रेसको एक स्वतन्त्र निकाय हो, जसले अमेरिकी बिधायकहरुलाई आफ्नो चासोको मुद्धामा धारणा राख्छन् ।

उक्त रिपोर्टमा वर्तमानको सिमा तनावले चीन र भारतबीचको नयाँ चरणको शत्रुतालाई मुखरित गर्ने र त्यो दुई देशबीचमात्र सिमिति नरहने जनाएको छ ।

‘यो शत्रुता दुई राष्ट्रबीचको २१६७ माइला लामो विवादास्पद सिमामा मात्र प्रकट हुनेछैन, यो दक्षिण एसिया र हिन्द महासागरसम्म देखिनेछ’ रिपोर्टमा भनिएको छ । उक्त रिपोर्ट तयारमा संलग्न ब्रुस भौगनका अनुसार, भारत र चीनबीचको यो विवादसँग उनीहरुका रणनीतिक लक्ष्य र कार्यक्रमहरु समेत जोडिएका छन, जसमा एक अर्काबीच कहिले पनि समान धारणा बन्न सकेको छैन ।

न्युक्लियर सप्लासर्य ग्रुपको सदस्य बन्न भारतलाई नदिनु, चाइना–पाकिस्तान ईकोनमिक कोरिडोर बनाउनु, राष्ट्रसंघले प्रतिबन्द्ध लगाएका आंतकवादी संगठनलाई चीनले संरक्षण गर्नुजस्ता मुद्दाले भारतमा तिब्र असन्तुष्टी छ । उता, चीन पनि दलाई लामालाई चीनबिरोधी क्रियाकलापमा प्रयोग गर्ने भारतीय रबैयाप्रति आक्रोसित छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।