जहाँ प्रहरीमा भर्ति हुनका लागि महिलाहरुले आफ्नो कुमारित्व प्रमाणित गर्नुपर्छ

प्रहरीमा भर्ति हुनका लागि महिलाहरुले आफ्नो कुमारित्व प्रमाणित गर्नुपर्छ । उनीहरुलाई निर्वस्त्र पारेर कुमारित्व परिक्षण गरेपछि मात्र उनीहरु प्रहरीका सम्भावित उमेद्धार बन्न पाउँछन् । यो अनौठो तथा अत्यासलाग्दो यथार्थ इण्डोनेसियाको हो ।

इण्डोनेसियाको मानव अधिकार संगठनको प्रतिवेदन अनुसार त्यहाँका जल्दाबल्दा महिला प्रहरी अधिकारीहरुलाई कुमारित्व परीक्षणका लागि बाध्य पार्ने गरिएको छ ।

यो वर्षको सुरुमा भर्ति सुरु भएर छनोटमा परेका ७ हजार महिला प्रहरीहरु विभिन्न खाले मापदण्ड पूरा गर्दै अहिले तालिम गरिरहेका छन् ।

इण्डोनेसिया प्रहरीको नियम अनुसार कुनैपनि महिलाले त्यहाँको प्रहरीमा भर्ति हुनका लागि साढे १७ देखि २२ वर्षको उमेर हुनुपर्नेछ । साथै धर्म मान्नुपर्ने, कम्तीमा ५ फिट ५ इन्च उचाइ हुनुपर्ने तथा आँखामा चस्माको आवश्यकता नपर्ने हुनुपर्छ । यत्तिमात्र त ठिकै हुन्थ्यो । तर पुलिसमा जागिर खानको लागि महिलाहरु भर्जिन अर्थात् कुमारी समेत हुनुपर्छ ।

इण्डोनेसिया प्रहरीको वेबसाइटमा भनिएको छ, ‘प्रहरी बन्न चाहने महिलाले चिकित्सा तथा शारीरिक परीक्षणका अलवा कुमारित्व परीक्षण समेत गर्नुपर्नेछ, जसका कारण प्रहरी बन्न चाहने महिलाले आफ्नो कुमारित्व बचाइराख्नुपर्नेछ ।’

ह्युमन राइट्स वाचका अनुसार प्रहरीमा जागिरका लागि आवेदन दिएका मध्ये धेरैलाई यस्तो कुमारित्व परीक्षणको आवश्यकता बारेमा निकै ढिलोगरी मात्र जानकारी दिने गरिएको छ ।

आफु निकै डराएको तथा तर्सिएको भएपनि आफुले कुमारित्व परीक्षण नगरेमा प्रहरीमा छनोट हुन नसक्ने भएकाले यसलाई अस्विकार गर्न नसकेको एक जना महिलाले ह्युमन राइट्स वाचलाई बताएको ग्लोबल पोष्टले जनाएको छ ।

एक महिला आवेदकका अनुसार कुमारित्व परीक्षण गर्न भनि आवेदकलाई अरु २० जना उमेद्धारको अगाडि निर्वस्त्र बनाइन्छ र ढोका नभएको कोठामा २-२ जना गरी लगिन्छ । त्यसपछि उनीहरु कुमारी भए नभएको कुरा पत्ता लगाउन आन्तरिक परीक्षण गरिन्छ । यसमा युवतीको कन्याजाली च्यातिए नच्यातिएको हेरिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।