तेस्रो चरणको निर्वाचनमा राजपा जाने भएपछि राजेन्द्र महतो भन्छन्,- अब तराई-मधेस एमाले मुक्त हुन्छ (भिडियो सहित)
राष्ट्रिय जनता पार्टी नेपाल स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पार्टीका बहुमत पदाधिकारीहरुले निर्वाचनमा जानुपर्छ भन्ने धारणा आएकोले बहुमतलाई कदर गर्दै अध्यक्षमण्डलीय संयोजक महन्थ ठाकुरले निर्वाचनमा जाने स्वीकृति प्रदान गरेको महासचिव राजीव झाले मधेशवाणीलाई बताए । बैठकमा राजपा अध्यक्षमण्डलीय सदस्य राजेन्द्र महतोले बहुमतले निर्वाचन जानुपर्ने धारणा राखेकोले निर्वाचन जानुपर्ने बताएका छन् । उनले आफूहरुको संघर्ष जारी नै रहने बताए ।
https://youtu.be/5EgiUrEl0zQ


