सबै नेताले पार्टी छाडेपछि बाबुरामले गरे अनौठो निर्णय !

काठमाडौँ, ८ भदौ । नयाँ शक्ति पार्टी नेपालले आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि नयाँ गठबन्धन बनाएको छ ।

नेकपा संयुक्तसँग चुनावी तालमेलका साथ नयाँ शक्तिले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अब जनतासँग हँसिया चुनाव चिह्नमा मत माग्ने छ । उक्त पार्टीको नेतृत्व पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गर्दै आउनुभएको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा नयाँ शक्तिले हँसिया चिह्न लिएर निर्वाचनमा जाने जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले पुष्टि गर्नुभयो ।

यसअघि भएका स्थानीय तहको दुई चरणका निर्वाचनमा उक्त पार्टीले संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरी हातमा बोकेको मशाल चुनाव चिह्न लिएर निर्वाचनमा गएको थियो ।

कूल २८ हजार ४२३ पदका लागि भएको स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमको गठबन्धनले ३८२ पदमा विजय प्राप्त गरेका थिए । स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनमा १४ राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖