यी हुन एक अर्कामा अपार प्रेम भएका संसारकै होचो जोडी ! (फोटो फिचर सहित)

एजेन्सी । उनीहरु दुबैको उचाइँ ३ फिटभन्दा अग्लो छैन । यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । तर यो जोडीले उचाइ प्रेम र सम्बन्धमा बाधक हुँदैन भन्ने कुरा प्रमाणित गरिदिएको छ ।

ब्राजिलका पाउलो ग्राबि्रयल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४.८ र ३५.२ इन्च छ । विश्वको सबैभन्दा पुड्को जोडीकेा रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध सुरु भएको रहेछ । त्यसपछि उनीहरुले एमएसएन मेसेन्जरमा च्याट गर्न थालेछन् ।

३० वषर्ीय पाउलो, जो निकै दुर्लभ मानिने डायस्ट्रोफिक डिस्प्लाजिया ड्वाफिर्ज्मबाट ग्रसित छन् १० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउँछन् ।मन परेपछि पाउलोले होसिनोलाई पर्पोज ठोकिहाले । तर होसिनोलाई मन परेन । उनी पाउलोसँग लभ गर्ने मूडमा थिइनन्, त्यसैले मेसन्जरमा उनलाई ब्लक हानिन् ।

तर १८ महिनापछि होसिनोले पाउलोलाई अनब्लक गरिन् र कथाले अर्कै मोड लियो । होसिनोले अनब्लक गरेको केही मिनेटमै फुरुंग हुँदै पाउलोले हेलो भनिहाले । दुइ महिनापछि पाउलो १८६ किमी दूरी यात्रा गर्दै लोन्डिरनास्थित होसिनोको घर पुगे । ४ दिनसम्मको छलफल पछि त उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सँगै बस्न थाले ।

पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसँग भएका कुराहरु आफ्नोलागि पहिलो अनुभवको रुपमा रहेका होसिनो बताउँछिन् ।अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् । आफ्नो सहर इटापेभाको मेयर बन्ने लक्ष्य छ पाउलोको ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।