भारत र चीनको विवादित स्थानमा सडक बनाउने योजनामा भड्किदै चीनले भन्यो,– भारतले आफैँलाई थप्पड हान्दैछ
भारत र चीनको विवादित स्थानमा भारतको सडक बनाउँने योजना प्रति चिनले तिखो प्रतिक्रिया दिएको छ।

भारतीय सन्चारमाध्यममा आएको समाचारको जवाफ दिदैं चिनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुवाङले एक पत्रकार सम्मेलनमा भनिन्- यस्तो लाग्छ भारतले आफैँलाई थप्पड हान्दैछ। भारतको हर्कतले सिमा विवादमा उसले कुरा एकथरी गर्छ र काम अर्कै गर्छ।
भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’ले लेखेको थियो -भारतीय गृहमन्त्रालयले पैंगांग झीलदेखी बीस किलोमिटर दुरीमा सडक निर्माणको लागी अनुमती दिएको छ ।
प्रवक्ता हुवाले भनिन्- आफ्नो सुरक्षा चिन्तालाई लिएर चीनले बनाउन लागेको सडक निर्माणमा भारतले बाधा उत्पन्न गर्थ्यो तर अहिले उसैले सिमामा सडक निर्माण गर्दैछ। भारतको एउटै कुरामा दोहोरो निती छ ।


