नयाँ शक्तिभित्र विश्वासिलो पात्र करिश्मा मानन्धरका कारण बाबुराम तनावमा, के हुन्छ अब ?
काठमाडौं । पछिल्लो समय नयाँ शक्तिभित्र विश्वासिलो पात्र मानिने मानन्धर अहिले नयाँ शक्तिमा आएको बिचलनका कारण विकल्प खोज्न थालेकी छिन् ।

नयाँ शक्तिबाटै देशको विकास र समृद्धिका निम्ति योगदान पुर्याउने अठोट गरेकी उनले पनि नयाँ शक्तिमा बस्ने या नबस्ने भन्नेबारेमा निर्णय गर्ने मुडमा पुगेकी छिन् । यद्यपी उनले के गर्ने भन्ने विषयमा अन्तिम निर्णय भने लिइसकेकी छैन ।
भट्टराइसँग समेत उनले नयाँ शक्तिको भविष्य नरहेको बताउँदै कसरी अघि बढ्ने भन्ने विषयमा सल्लाह लिएकी छिन् । केही साताभित्रै नयाँ शक्तिबाट बिदा लिने नलिने भन्ने विषयमा निर्णय उनको तयारी छ ।
मानन्धरले पार्टी छाड्ने संकेत पाएपछि डा. भट्टरार्इ अहिले तनावमा छन् । उनले मानन्धरललार्इ रोक्नका लागि प्रयास गरिरहेका छन् ।


