एमालेको जन्ममूभि नै प्रदेश नं २ हो, पहिलो पार्टी बनिन्छ : वामदेव

नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष वामदेव गौतमले एमालेको जन्ममूभि नै प्रदेश नं २ भएकाले स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी बन्ने ठोकुवा गरेका छन् ।

एमाले मोर्चा संगठनले आयोजना गरेको ‘जनवर्गीय संगठनको अगुवा कार्यकर्ता भेला’लाई शनिबार यहाँ सम्बोधन गदै उनले भने, “एमाले जुन ठाउँमा जन्मिएको हो । त्यही ठाउँमा असोज २ गते निर्वाचन हुँदैछ । त्यसैले, आफू जन्मिएको ठाउँमा एमालेले पहिलो स्थान ल्याउँछ ।”

उनले मधेशवादी दल च्याउ उम्रेजस्तै उम्रेपनि एमालेले स्थानीय तहको निर्वाचनमा अग्रणी स्थान हासिल गर्ने बताए । पटकपटकको परीक्षामा एमाले पास भएको भन्दै प्रदेश नं २ को स्थानीय निर्वाचनमा पनि पहिलो स्थान ल्याएर पास हुने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदबाट जारी गरिएको संविधानको बहुमत पु¥याएर संशोधन गर्ने कुरा गरेर रुपान्तरित संसद्को अपमान गरेको धारणा राखे।

“संविधान पालन गर्ने र संरक्षण गर्ने स्वयं प्रधानमन्त्रीले नै संशोधन हुन नसकेको संविधान फेरि बहुमत पु¥याएर संशोधन गर्दछु भन्ने कुरा अर्को देशको राष्ट्रप्रमुखलाई भन्नु ठिक होइन”–उनले भने, “यसबाट प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले नै संविधानको पालना गरिएको देखिएन ।”

कावा अध्यक्ष गौतमले एमालेको लोकप्रियता देखेर दक्षिण र उत्तरतिर फर्केकाले एमालेलाई हराउने प्रयासमा लागेको उल्लेख गरेका थिए । “कुनै नीति, विचार र लक्ष्य नमिल्ने पार्टीहरु मिलेर एमालेका विरुद्ध लागेका छन्”–उनले भने, “तर त्यसले केही फरक पर्दैन । एमालेले लिएको नीति र विचारले नै जित्ने हो ।”

स्थानीय तहको अधिकार कटौती गरेको हुनाले संविधान संशोधन एमालेले असफल बनाएको धारणा उनले राखे। कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०ले एक्लाएक्लै चुनावमा लड्ने सामथ्र्य गुमाइसकेकाले गठबन्धन गरेर चुनाव लड्न लागेको आरोप लगाए । उनले दुई पार्टीको गठबन्धनलाई एमालेले एक्लै प्रदेश नं २ को निर्वाचनमा जित्ने दावी पनि गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।