सिरिया र लेबनानद्वारा आईएस विरुद्ध युद्धविरामको घोषणा !
एजेन्सी, ११ भदौ । इस्लामिक स्टेट आईएसविरुद्ध सिरिया र लेबनानको सीमा क्षेत्रमा त्यहाँका सुरक्षा फौजले युद्धविरामको घोषणा गरेको छ ।
सीमा क्षेत्रमा लेबनानी र सिरियाली सुरक्षा फौजले आईएस विरुद्धको आक्रमण रोक्दै युद्धविरामको घोषणा गरेका हुन् ।
युद्धविरामको समयसिमा भने उल्लेख नगरिएको बताइएको छ । युद्धविरामले अपहरणमा परेका लेबनानी सैनिकलाई मुक्त गराउन सहयोग पुग्ने सैन्य अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
गत हप्ता लेबनानी सेनाले रास बालबेक क्षेत्रबाट र सिरियाली सेनाले क्वालामौन क्षेत्रबाट आईएस विरुद्ध कारवाही सुरु गरेको थियो । लेबनानी र सिरियाली सुरक्षा फौज सहित हिजबुल्लाह लडाकुले सीमा क्षेत्रमा आईएस विरुद्ध संयुक्त आक्रमण गर्दै आएका छन् ।
गत हप्ता लेबनानी र हिजबुल्लाह लडाकुले आईएस विरुद्ध आक्रमणको घोषणा गरेको थियो ।


