गोर्खाल्याण्ड आन्दोलनको उपलब्धि हात नलाग्दै आन्दोलनरत नेताहरु नै फुट तिर

एजेन्सी । बंगाली भाषा जबरजस्ती लाद्न खोज्ने पश्चिम बंगाल सरकार विरुद्ध विगत अढाई महिना देखि आन्दोलन चर्काइरहेका नेपाली भाषी दार्जीलिङवासीको गोर्खाल्याण्ड आन्दोलनमा अहिलेसम्म कुनै परिणाम हात लागेको छैन।

आज गोर्खाल्याण्ड आन्दोलन ७५ दिनमा पुगिसेकेको छ। उपलब्धि हात लाग्नुको साटो गोर्खाल्याण्ड आन्दोलका निम्ति दार्जीलिङ पहाडमा एकतावद्ध भएर लेडेका पार्टीहरु नै एकअर्कालाई दोसारोपण गर्न थालेका छन्। यसबाट आन्दोलन निष्कर्षमा नपुग्दै तुहिने खतरा देखिएको छ।

पश्चिम बंगाल राज्य सरकारले गोर्खाल्याण्ड मुभमेन्ट कोर्अडिनेशन कमिटि(जीएमसीसी)आवद्ध पार्टीहरुलाई मंगलवार वार्तामा बोलाएको छ। यस अघि राज्य सरकारले बोलाएको कुनै पनि वार्तामा नबस्ने अडानमा एक ढिक्का देखिएका पार्टीहरु अहिले भने वार्तामा बस्ने किन नबस्ने ? भन्नेमा विवादति भएका छन्।

जीएमसीसीमा आवद्ध प्रमुख पार्टी गोर्खा जनमूक्ति मोर्चा(गेजमो) राज्य सरकारले बोलाएको वार्तामा बस्न तयार छ भने अन्य पार्टीहरु, गोर्खा राष्ट्रिय मुक्ति बाहिनी(जीएनएलएफ) र जनआन्दोलन पार्टी (जेएपी) भने वार्ता बहिस्कार गनुपर्ने पक्षमा छन्।

राज्य सरकारले बोलाएको बोलाएको सर्वदलीय वार्ता शुरु हुन ४८ घण्टा मात्रै बाँकी रहेका बेला गोजमोका अध्यक्ष बिमल गुरुङले पहाडका दुई/तीन जना नेताले आफुलाई फसाउने कोसिस गरिरहेको आरोप लगाएका छन्। ‘पहाडका दुई/तीन जना नेता सहित अन्य केही मिलेर मलाई फसाउने कोसिस गरिहेका छन्’, गुरुङको दावी छ। उनले बंगाल सरकारलाई पत्र लेख्नु अघि आफुसँग कुनै सल्लाहा नगरेको आरोप लगाउँदै त्यस्ता नेताहरुसँग जनता चनाखो हुनुपर्ने बताए। ‘जनता त्यस्ता नेताहरुसँग होसियार हुनुपर्छ ’, उनले भने,‘ बंगाल सरकारलाई चिठी लेख्नु वा आग्रह गर्नु अघि म सँग कुनै सल्लाह समेत गरेनन्।’

लगातार बिष्फोटन

करिब अढाई महिना लामो गोर्खाल्याण्ड आन्दोलन निचोडतिर पुग्न नसक्दा आन्दोलन हिसांत्मक बन्न थालेको छ। आगजानी र बिष्फोट हुन थालेका छन्। पछिल्लो समय शुक्रबार कालिङपोङमा आईडी बिष्फोटन भएको छ।

मास्क लगाएका एकजना अपरिचित व्यक्तिले खाद्य सामग्री बोेकेको ट्रक माथि आईडी बिष्फोट गराएका थिए। ती अपरिचित व्यक्तिले ट्रक रोकेर चालक र सहयोगीलाई कुटपिट गर्दै गाडी छोड्न लगाएका थिए र त्यस पछि ट्रकमा आक्रमण गरेका थिए। आक्रमणबाट कुनै मानविय क्षति भने भएको छैन्।

यस अघि पहिलोपटक अगष्ट १९ तारिखमा पनि यस्तै दुईवटा बिस्फोट गराइएको थियो। यस्ता बिष्फोटका घटना बढ्दै जानुलाई कतिपयले गोर्खाल्याण्ड आन्दोनको ‘सेफ ल्याण्डिङ’ हुन नसक्नुलाई कारक मानेका छन्। आन्दोलनकारीहरु भने यो छुट्टै गोर्खाल्याण्ड नबनोस भन्नेहरुको आन्दोलन तुहाउने सडयन्त्र भएको बताउने गरेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।