दोक्लमबाट भारत र चीन दुवैले आ-आफ्ना सैनिक फिर्ता गरे पछि सीमा विवादको अन्त्य

दोक्लम विवाद समाधान दुवै पक्षका लागि हितकर

बेइजिङ । दोक्लम विवाद समाधान दुवै पक्षका लागि हितकर भएको चिनियाँ विदेश मन्त्रालयको दाबी छ। विवादित क्षेत्र दोक्लमबाट भारत तथा चीन दुवैले आफ्ना सैनिक फिर्ता गरे पश्चात दुई देशबीचको सीमा विवादको अन्त्य भएको छ । दोक्लम क्षेत्रबाट पहिला आफ्ना सैनिक फिर्ता गराउनका लागि भारतले तत्परता देखाएको थियो।

भारतले सैनिक फिर्ता गर्नका लागि तत्परता देखाएपश्चात दुवै देशको हितलाई ध्यानमा राखी उक्त क्षेत्रबाट सैनिक फिर्ता गरिएको चीन विदेश मन्त्रालयले दाबी गरेको छ। लामो समयको कुटनीतिक प्रयास पछि भारत तथा चीनले उक्त क्षेत्रबाट सेना फिर्ता गराउनका लागि तत्परता देखाएका थिए ।

चीनले सडक निर्माण गर्न थालेको उक्त क्षेत्रमा भारतीय हस्तक्षेप भएपश्चात् चीन ,भारत तथा भुटानको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा गत जुन १८ देखि सैनिक परिचालन गरिएको थियो । बढ्दो सीमा विवादका कारण चीनले निर्माण गर्न थालेको सडक विस्तार कार्य समेत प्रभावित् भएको छ ।

चिनियाँ लगानीका निर्माण हुन लागेको उक्त सडकमा भारतीय हस्तक्षेप भएपछि सडक निर्माण कार्य स्थगित भएको थियो । दोक्लम विवादले केही समय देखि भारत चीन कुटनीतिक सम्बन्धमा चिसोपना आएको थियो ।

चीन सदैव सार्वभौमिकताको रक्षाको पक्षमा रहेको मन्त्रालयको दाबी छ । चीनका विदेश विज्ञहरूले दुई मुलुकको यस निर्णय स्वागत् योग्य भएको बताएका छन् । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।