धनकुटा छारागाउँ टोलवस्ती क्षेत्रमा सरसफाई अभियान सञ्चालन
धनकुटा खबर, १३ भाद्र । धनकुटा नगरपालिका वडा न.४ स्थित छारागाउँ टोलवस्ती क्षेत्रमा आज सरसफाई गरिएको छ । वडामा रहेका सवै टोलवस्ती क्षेत्रलाई सफा राख्ने अभियान अन्र्तगत टोलवस्ती क्षेत्रको सरसफाई गरिएको हो ।
टोलवस्तीको सिगापुरे चोक देखि शसस्त्र वेस क्याम्प जाने बाटोमा सम्म सरसफाई गरिएको छ । सरसफाई अभियानमा वडा अध्यक्ष जमशेर राई,वडा सदस्य होमप्रसाद अधिकारी,छारागाउँ टोलवस्तीका अगुवा गोविन्द मैनाली,थिरवहादुर थापा,टोलवस्ती संगठनका अध्यक्ष खड्गप्रसाद खतिवडा लगायत टोलवस्तीका स्थानियवासी स्वतस्फुर्त रुपमा निस्किएका थिए ।
यस्तै गत शनिवार वडा न. ४ को हातेमालो टोलवस्ती,च्याने डाडा,जनकल्याण टोलवस्ती र अमलाटार टोलवस्तीमा सरसफाई गरिएको छ । धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल,वडा अध्यक्ष जमशेर राई,वडा सदस्यहरु लगायतको उपस्थितीमा टोलवस्ती सरसफाई गरिएको हो । आफ्नो टोललाई सफा राख्न टोलवस्तीका वासिन्दाहरु सरसफाई कार्यमा अहिले जुटेका छन् ।


