धनकुटामा क्षमता विकास तालिम सम्पन्न
धनकुटा खबर,१२ भाद्र । गैह्रसरकारी संस्थाका पदाधिकारी तथा कर्मचारीका लागी धनकुटामा सञ्चालित दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । गैरसरकारी संस्था महासघ जिल्ला शाखा धनकुटाको आयोजना तथा गैर सरकारी संस्था महासघं नेपालको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको नेपालको संविधान २०७२ मा रहेका प्रावधान मौलिकहरुको कार्यान्वयनमा गैरसरकारी संस्थाको सहभागिता र कानुनी प्रावधान तथा नियमावलीले गैसस परिचालनमा देखिएका अवसर र चुनौतिहरुको वारेमा छलफल गरिएको छ ।
यसैगरि दिगो विकासको लक्ष्य प्राप्तिमा गैससको भुमिका, स्थानिय तहको योजना तर्जुमा प्रक्रिया र अनुगमन प्रकृयामा गैरसरकारी संस्थाको भुमिका लगायतको वारेमा समेत छलफल गरिएको छ ।
तालिमको सहजिकरण गैह्रसरकारी संस्था महासघंका केन्द्रिय सदस्य उमेश विश्वकर्मा,क्षेत्रिय सदस्य कमला कडेल लगायतले गर्नुभएको छ । तालिममा गैरसरकारी संस्थामा कार्यरत कर्मचारी र पदाधिकारी गरि २५ जनाको सहभागिता रहेको थियो ।
यसैविच तालिम आज एक कार्यक्रमका विच समापन गरिएको छ । गैरसरकारी संस्था महासघं जिल्ला शाखा धनकुटाका अध्यक्ष सोविस चेम्जोङ्गको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंकवहादुर चुवान,नेपाल पत्रकार महासघं धनकुटाका उपाध्यक्ष नगेन्द्र राई,सहजकर्ता कमला कडेल,सहभागिको तर्फवाट हेममाया मादेन र रिजन पोख्रेल लगायतले वोल्नुभएको थियो । समापन कार्यक्रमको सञ्चालन गैरसरकारी संस्था महाँसघं जिल्ला शाखा धनकुटाका सदस्य एव तालिम संयोजक सरोज भुजेलले गर्नुभएको थियो ।


