६ पार्टी एकीकरणको राजपा नेपालमा उमेद्बारका आकांक्षी धेरै, उम्मेदवार छान्न अझै तीन दिन लाग्ने

काठमाडौ, १४ भदौ । स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल राजपाले उम्मेदवार छान्न अझै तीन दिन लाग्ने बताएको छ । पर्सि १६ गतेसम्म जिल्लाबाट उमेद्बारको नामावली केन्द्रमा आइसक्ने राजपाका महासचिव केशव झाले जानकारी दिए ।

सबै स्थानीय तहमा उमेद्बार छान्ने अधिकार जिल्ला पार्टीलाई नै दिइएको छ । जिल्लाबाट नामावली आएलगत्तै भोलिपल्ट नै पार्टीले उमेद्बारको अन्तिम टुंगो लगाउने महासचिव झाले भनाई छ ।

६ वटा पार्टी एकीकरण भएका कारण राजपा नेपालमा उमेद्बारका आकांक्षी धेरै रहेकोले राजपाले अहिलेसम्म उम्मेदवारेको अन्तिम टुंगो लगाउन सकेको छैन् । त्यसैको व्यवस्थापनका लागि राजपाले विशेष समिति बनाएर जिल्लामा खटाएको छ ।

राजपाले आवश्यकता हेरेर अन्य दलसँग तालमेल गर्ने र त्यसको निर्णय गर्ने अधिकार पार्टीको जिल्ला तहलाई नै दिएको जनाएको छ । एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।