हेर्नुहोस्, धनकुटा पाख्रीबास स्थित सिमसारक्षेत्रको यो मनोरम दृश्य (भिडियो सहित)

धनकुटा खबर, पर्यटकहरुलाई पदयात्रा गर्न सहज होस् भन्ने लक्षका साथ जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ४ स्थितको पर्यटकीय स्थल श्री संसारीमाई पूजा सिमसार क्षेत्रको पदमार्गमा टायल विछ्याईएको छ । संसारीमाईपूजा सिमसार क्षेत्र संरक्षण समितिको १ लाख र नगरपालिकावाट प्राप्त ३ लाख ६७ हजार गरी जम्मा ४ लाख ६७ हजार वरावरको लागतमा यो वर्ष करिव १ सय ८५ मिटर पदमार्गमा टायल विच्छ्याईएको हो । वर्षभरीको विभिन्न सिजनमा घुमफिर र वनभोजका लागि हजारौको संख्यामा आन्तरिक तथा वाह्य पर्यटकहरुको आउने यो सिमसार क्षेत्रको पदमार्गमा यो वर्ष १ सय ८५ मिटर लम्वाईमा मात्र टायल विछ्याईएको र आगामी दिनमा थप आर्थिक श्रोत जुटाउदै यो कामलाई निरन्तरता दिदै जाने लक्ष समितिको रहेको छ । पदमार्गमा टायल विछ्याउन शूरु गरिए सँगै अव यहाँ आउने पर्यटकहरुले सहज रुपमा पदमार्ग यात्रा गर्न पाउने अपेक्षा समेत गरिएको छ । यो सिमसार क्षेत्रमा आउने पर्यटकहरुले एकै ठाउँमा सिमसार क्षेत्र,चिया वगान,विभिन्न फलफूलका नर्सरीको दृष्य अवलोकन गरी मनोरञ्जन लिदै आएका छन् ।

पर्यटकीय स्थल धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ स्थितको श्री संसारी माईपूजा सिमसार क्षेत्रमा अव पर्यटकहरुले धार्मिक स्थलको पनि दर्शन गर्न पाउने भएकाछन् । श्री संसारी माईपूजा सिमसार क्षेत्र संरक्षण समितिको पहलमा यहाँ पूर्वाञ्चलकै अग्लो गौतम वुद्धको मूर्ति निर्माण गरिएसँगै पर्यटकहरुले धार्मिक स्थलको दर्शन गर्न पाउने भएका हुन् । यसअघि यहाँ घुम्न आउने पर्यटकहरुले सिमसार, पोखरी,चियावगान र विभिन्न जातका विरुवा उत्पादन एवम् विक्रि वितरण गरिने नर्सरीको मात्र दृष्य अवलोकल गर्दै पीकनीक खान र रमाउन पाउथे भने अव वुद्धको मूर्ति समेत वनिएपछि धार्मिक दर्शन समेत गर्न पाउने छन । हेर्नुहोस् भिडियोमा पाख्रीबास स्थित सिमसारक्षेत्रको यो मनोरम दृश्य



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।