अचारसंहिता उलंघन गर्नेलाई जनताले पाठ सिकाउनेछन : नेता कोइराला

पर्सा, १६ भदौ । स्थानीय तहको तेस्रोचरणको निर्वाचन प्रारम्भ भएसंगै विभिन्न राजनीतिक दलबाट प्रचारप्रसारको क्रममा भएका अचारसंहित उलंघनका घटनाप्रति नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुःख व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइराला शुक्रबार स्थानीय तहको तेस्रोचरणको निर्वाचन प्रचारप्रसारको क्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले वीरगन्ज महानगरपालिकाको छपकैयामा आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी हुँदै । तस्बिर: बिजय कुमार महतो, पर्सा, रासस

उहाँले दलहरुको सहमतिमा तयार पारिएको निर्वाचन अचारसंहितालाई केही दलका नेता र उम्मेदवारले नै उलंघन गर्नु दुखद भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आज वीरगन्ज महानगरपालिकाको छपकैयामा आयोजना गरेको घरदैलो कार्यक्रममा सहभागी हुनुभएका नेता कोइरालले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन अचारसंहिता उलंघन गर्नेलाई मतदाताले दण्डित गर्ने बताउनुभयो ।

दलहरुको सहमतिमै निर्वाचन आयोगले जारी गरेको अचारसंहितको पूर्णपालना हुनु सबैको हितमा भएको बताउँदै उहाँले अचारसंहिता उलंघन गर्नेलाई आयोगले कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।