धनकुटामा सबैभन्दा धेरै मुद्धा सम्बन्ध बिच्छेदको !
धनकुटा खबर, भदौ १६ । आर्थिक बर्ष ०७३-०७४ मा जिल्ला अदालत धनकुटाले २ सय ५४ वटा मुद्धा फच्र्यौट गरेको छ ।

अदालतमा दर्ता भएका ३ सय ९६ मुद्धा मध्ये सबैभन्दा धेरै १ सय १२ मुद्धा सम्बन्ध बिच्छ्दका रहेका छन् ।
त्यसपछि अंशका ८०, जालसाजीका ३९ र मानाचामलका २२ मुद्धा दर्ता भएको अदालतले एक पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी दिएको छ ।
बहुबिबाह, बैदेशिक रोजगार, पारीवारीक हिसांका कारण सम्बन्ध बिच्छ्दका घटनाको मुद्धामा बृद्धि भएका जिल्ला अदालत धनकुटाका न्यायधिश किसोर घिमिरेले जानकारी दिनुभयो ।


