आम नागरिकलाई अधिकार सम्पन्न बनाउन निर्वाचित जनप्रतिनिधिहरुको भुमिका महत्वपुर्ण : जयन्ती राई

धनकुटा खबर,१६ भाद्र । अखिल नेपाल महिला सघंका केन्द्रिय उपाध्यक्ष जयन्ती राईले आम नागरिकलाई अधिकार सम्पन्न वनाउन निर्वाचित जनप्रतिनिधिहरुको भुमिका महत्वपुर्ण रहेको वताउनुभएको छ । उहाँले आम नागरिकका समस्या र उनिहरुको हक अधिकारका लागी प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने वताउनुभयो ।

आज धनकुटामा अखिल नेपाल महिला सघं जिल्ला कमिटि धनकुटाले आयोजना गरेको स्थानिय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्वोधन गर्नुहुदै सांसद एवं नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका राईले जनप्रतिनिधिहरुले जनतालाई केन्द्रित गरि सक्रियताका साथ काम गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो जनप्रतिनिधिहरु निर्वाचित भई सकेको अवस्थामा पनि वर्तमान सरकार स्थानिय तहलाई अधिकार सम्पन्न वनाउन नचाईरहेको वताउनुभयो । स्थानिय तह सञ्चालन सम्वन्धि अझै पनि ऐन कानुनहरु वन्न नसकिरहेको भन्दै उहाँले यसका लागी नेकपा एमालेले दवाव दिईरहेको वताउनुभयो ।

अखिल नेपाल महिला सघं जिल्ला कमिटि धनकुटाका अध्यक्ष सिमा राईको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय तहको निर्वाचनमा निर्वाचित सात वटै तहका उपप्रमुख तथा उपाध्यक्ष,महिला सदस्य,दलित महिला सदस्यलाई वधाई सहित सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ ।

अखिल नेपाल महिला सघं जिल्ला कमिटि धनकुटाको तर्फवाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई वधाई तथा शुभकामना पत्र प्रदान गरिएको छ । सो अवसरमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक वहादुर चुवान,नेकपा एमाले जिल्ला कमिटि धनकुटाका अध्यक्ष राजेन्द्र राई,धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला वस्नेत,चौविसे गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचाल लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमाले जिल्ला कमिटि धनकुटाका सदस्य सावित्रा राईले राख्नुभएको थियो भने सञ्चालन अखिल नेपाल महिला सघं धनकुटाका कार्यालय सचिव तारा तितुङ्गले गर्नुभएको थियो ।

यसैविच निर्वाचित महिला जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमको अवसरमा विभिन्न समसामयिक प्रस्तावहरु पारित गरिएको छ । सरकारबाट केही हप्ता भित्रमा ७ वटै प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णय हुन गईरहेकाले पुर्वाञ्चल विकास क्षेत्रको क्षेत्रिय सदरमुकामको रुपमा रहदै आएको धनकुटालाई प्रदेश न.१ को प्रादेशिक राजधानी धनकुटा तोक्नु पर्ने,स्थानिय तहको निर्वाचन सम्पन्न भएको यतिका समय वितिसक्दा पनि नेपाल सरकारले स्पष्ट ऐन कानुन नबनाएका कारण स्थानीय तहको काम गर्ने वातावरण कानुनी रुपमा नभएको हुदाँ तत्काल कानुन बनाएर जनप्रतिनिधिलाई जनताको काम गर्ने वातावरण वनाउनुपर्ने प्रस्ताव पारित गरिएको छ ।

यसैगरि नेपालको संविधानमा महिलाको पक्षमा उल्लेख भएका महत्वपुर्ण अधिकारलाई कार्यान्व्यन गर्न हाल सम्म राज्य उदासिन देखिएको हुदाँ तत्काल संवैधानिक अधिकार सम्वन्धि ऐन कानुनहरु निमार्ण गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने,साउन महिनाको अन्तिम साता आएको बाढी पहिरो पिडित नागरिकहरुलाई तत्काल न्यायोचित र पर्याप्त मात्रामा राहत उपलब्ध गराई पुनस्थापनाका लागी नेपाल सरकारले तत्काल सहयोग गर्नुपर्ने प्रस्ताव पारित गरिएको अखिल नेपाल महिला सघं जिल्ला कमिटि धनकुटाका अध्यक्ष सिमा राईले वताउनुभयो ।

यस्तै जिल्लाको सातवटै तहमा हालै सम्पन्न स्थानिय तह निर्वाचनमा विभिन्न पदमा निर्वाचित महिला जनप्रतिनिधि लगायत सम्पुर्ण जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै महिला मुक्तिका साथै सामाजिक आर्थिक रुपान्तरण र समग्र गाउँ तथा नगरको विकासमा सदैव लागि रहन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुका साथै नेपालको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनमा शाहदत प्राप्त गर्नुहुने छिन्ताङ्गका हाङ्गखिमा साईली लगायत खोक छिन्ताङ्ग आखिँसल्लाका शहिदहरु प्रति सम्मान व्यक्त गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।