गर्भवती महिलालाई त्यसै छाडी अपरेशन थिएटरमा डाक्टरहरुनै एक आपसमा यसरी झगडा गरे पछि… (भिडियोसहित)
कुनै पनि अस्पतालको अपरेशन थिएटर सबै भन्दा संवेदशील मानिन्छ । तर यदि डाक्टर त्यहाँ विरामीलाई त्यसै छोडेर स्वयं नै झगडा गर्न थालेपछि के होला, तपाई मात्र अनुमान लगाउन सक्नुहुन्छ । भारत राजस्थानमा यस्तो घटना घटेको छ जसमा अप्रेशनका बेला बिरामीलाई त्यसै छाडी २ डाक्टरहरु एक आपस झगडा गर्नमै व्यस्त भए । जुन समयमा एक व्यक्तिले उक्त झगडाको भिडियो नै बनाउन भ्याए । जुन भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल भैरहेको छ । आउनुहोस् तपाईलाई हामी त्यस घटनाबारे बिस्तृत जानकारी गराउने छौ।
योि घटना भारत राजस्थानको जोधपुरअवस्थित उमेद अस्पताल को हो । उक्त घटनाको खबर तब बाहिर आयो जब उक्त भिडियो सामाजिक संजालमा भाइरल भयो । यो भिडियोमा स्पष्ट देख्न सकिन्छ कि २ जना डाक्टर आपमा लडिरहेका छन् भने अन्य डाक्टरहरु उनिहरुलाई सम्झाउने प्रयास गर्दै नलड्न आग्रह गरिरहेका छन् ।
यो भिडियो बाहिर आएपछि सो अस्पतालको प्रशासन सतर्क हुँदै प्रेस कन्फ्रेन्स बोलाएर ति डाक्टरहरुलाई सँजाय दिने घोषणा गरेको छ । जुन समयमा डाक्टर अपरेशन थिएटरमा लडिरहेका थिए त्यो समयमा त्यहाँ एक गर्भवती महिला थिइन् जसको उपचार चलिरहेको थियो । यो भिडियो भाइरल भएपछि यस्तो खबर पनि बाहिर आएको थियो कि उक्त महिलाको बच्चा डाक्टरहरुको लापर्वाहीका कारण मृत्यु भएको छ । तर यस बारेमा अस्पतालका डा. रन्जना भन्छिन् “यो खबर गलत हो”।
वास्तवमा उक्त महिलाको बच्चा मृत्यु नभइ स्वस्थ नै रहेको छ भने आमा र बच्चा दुई जना नै स्वस्थ्य छन् । जो एक आपसमा लडिरहेका थिए उनिहरु डा. अशोक ननिवाल र डा. मथुरा लाल टाक रहेको जनाइएको छ । यी डाक्टरहरु बाहेक अन्य स्टाफको बयान लिने भएको छ । यो घटनामा अब राजस्थान उच्च न्यायालयले पनि अस्पताललाई आफ्नो रिपोर्ट दिनलाई भनेको छ ।
https://youtu.be/Cb8eodP1gDA


