मधेसबाट फेरि लखेटिए माधव नेपाल !
काठमाडौ, भदौ १७ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाललार्इ पर्साबाट स्थानीयले लखेटेका छन् । २ नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको स्थानीय निर्वाचनको प्रचार प्रसारमा लागेका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाललाई तराईका जनताले लखेट्ने क्रम जारी छ ।
चुनाव प्रचारकै क्रममा प्रदेश नं।२ को जनकपुर पुगेका नेता नेपालमाथि त्यहाँका जनताले ढुङ्गामुढा प्रहार गरेका थिए । नेपाल चुनाव प्रचारप्रसारमा हिँडेको झोकमा स्थानीय जनताले नेपालको आगमनको विरोध गर्दै एमाले पार्टी कार्यालय अगाड़ि प्रदर्शन गरेका थिए । उक्त घटना भएको एक हप्ता पनि वित्न नपाउँदै बीरगन्जमा पुनः नेपाललाई स्थानीयले लखेटेका छन् ।
वीरगंज महानगरको मेयर तथा उपमेयर पदका उम्मेदवार बसरुदिन अन्सारी र सोफिया आचार्यलाई भोट माग्दै स्थानीयमाझ पुगेका नेपाललाई स्थानीयले लखेटेका छन् । नेपालका कारण उनीसँगै चुनाव प्रचार–प्रसार अभियानमा सहभागी नेता तथा कार्यकर्ता पनि लखेटिएका छन् । स्थानीयले एमालेलाई मधेसविरोध पार्टीको संज्ञा दिएका थिए ।


