भूपू-लोग्ने यसरी कड्किएपछि भूपू-पत्नीले सार्वजनिक स्थानमै सबै खोलेर फिर्ता दिईन – हेर्नुहोस् भिडियोसहित

सपिङ मलमा शपिङ गर्न वा घुमफिर गर्न पुग्छन् मान्छेहरु । तर कहिलेकाहिँ मलमा यस्ता घटना भइदिन्छन् जुन सोचिएको पनि हुँदैन । केही दिन पहिले चीनको जिआंग्सु प्रान्तस्थित वुक्सी मलमा यस्तै भयो । मलमा किनमेल गर्न गएका मानिसहरु हेरेको हेर्यै भए जब एकजना महिलाले एकाएक आफ्नो जिउका कपडा फुकाल्न लागिन् ।

मानिसहरुले खचाखच भरिएको वुक्सी महलमा अचानक सबैको नजर दुईजना व्यक्तिमा पर्यो जो एक आपसमा झगडा गरिरहेका थिए । झगडा गरिरहेका एकजना महिला र एकजना पुरुष भुतपुर्व पति पत्नी रहेछन् ।

अहिले चाहिँ डिभोर्स भैसकेको रहेछ । अचानक उक्त मलमा उनीहरुको जम्काभेट भयो । संयोग कस्तो पर्यो भने ती महिलाले लगाएका कपडा र बोकेको मोबाइल फोन उनै भूतपूर्व लोग्नेले किनिदिएको बेलाका रहेछन् । अनि के चाहियो र ?

‘मैले किनिदिएका लुगा र फोन बोकेर हिँडेकी छेस् ?’– भूपू लोग्नेले कड्किँदै भने । यति सुनिसकेपछि ती महिलालाई सहिसक्नु भएनछ । उनले हातमा बोकेको मोबाइल फोन भुइँमा फ्याँकिन् अनि ठाउँका ठाउँ आफूले जिउमा लगाएका कपडा फुकाल्न थालिन् ।

भूपू स्वास्नीले आवेशमा त्यस्तो हर्कत गर्न थालेपछि पुरुषले रोक्ने कोसिस नगरेका होइनन् । तर महिला रोकिइनन् र जिउका कपडा फुकालेर नांगै बनिन् र लिफ्टको नजिकै गएर उभिइन् । केही बेरमै अन्य महिलाहरु कपडा लिएर आएर उनलाई कपडा लगाइदिए ।

https://youtu.be/QZ1uG7sTDT0

– अनलाइनखबरबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।