धनकुटा नगर कार्यपालिकाको पाँचौ वैठक विभिन्न निर्णय गर्दै सम्पन्न

धनकुटा खबर, १७ भाद्र । धनकुटा नगर कार्यपालिकाको पाँचौ वैठक विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गको अध्यक्षतामा भएको वैठकले विभिन्न १२ वटा निर्णय पारित गरेको छ ।

वैठकले धनकुटा नगर कार्यपालिकाका पदाधिकारीको आचारसंहिता २०७४ पारित गरेको धनकुटा नगरपालिकाका प्रवक्ता जमशेर राईले वताउनुभयो । यस्तै वैठकले असोज मसान्त भित्र उपभोक्ता समिति गठन गरि योजना सञ्चालनका लागी धनकुटा नगरपालिकामा सम्झौता पेश गर्ने,वडा कार्यालय सञ्चालनका लागी बार्षिक खर्च ४ लाख १२ हजार कार्यालय व्यवस्थापन, पानी, विजुली, सञ्चार, आर्थिक सहायता लगायतका विभिन्न आवश्किय शिर्षकमा खर्च गर्ने निर्णय गरिएको छ ।

यसैगरि भाद्र १८ गते वस्ने नगरसभाको दोश्रो वैठकमा उपप्रमुखको संयोजकत्वमा रहने तिन सदस्यि न्यायिक समिति गठन गरि पारित गर्ने निर्णय गरिएको छ भने विभिन्न सघंसस्था तथा व्यक्तिलाई विभिन्न विपतमा गरिएको सहयोग पारित गर्ने निर्णय गरिएको छ । धनकुटा नगरसभाको दोश्रो वैठक भोली वस्दै छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।