महोत्तरीका १४ स्थानीय तहमा एमालेले लगायो आफ्ना उम्मेदवारको टुंगो !

गौशाला, १७ भदौ । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षको नाम टुंगो लगाएको छ ।

एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका अनुसार सदरमुकाम जलेश्वर नगरपालिकामा माधव मण्डल प्रमुख र रागिनी चौधरी उपप्रमुख, बर्दिबास नगरपालिकामा सुरेश राउत प्रमुख र कमला बाइवा उपप्रमुख तथा गौशाला नगरपालिकामा पद्मप्रसाद उपाध्याय प्रमुख र शान्तिदेवी सिंह दनुवार उपप्रमुखका उम्मेदवार हुनुहुनेछ ।

त्यस्तै भंगहा नगरपालिकामा अरुणकुमार सिंह थारु प्रमुख र अनितादेवी यादव उपप्रमुख, औरही नगरपालिकामा मोहन महतो प्रमुख र सुमित्रा यादव उपप्रमुख, मनरा नगरपालिकामा राजकिशोर साह प्रमुख र चन्दु मण्डल उपप्रमुख तथा रामगोपालपुर नगरपालिकामा रामदुलार साह प्रमुख र रञ्जु पटेल उपप्रमुखका उम्मेदवार रहनुहुनेछ ।
मटिहानी नगरपालिकामा मुजिम राइन प्रमुख र गुलावदेवी मण्डल उपप्रमुख, लोहारपट्टि नगरपालिकामा बदरुल हक कवारी प्रमुख र शोभा झा उपप्रमुख तथा बलवा नगरपालिकामा मन्सुल कबारी प्रमुख र लालोदेवी मण्डल उपप्रमुखका उम्मेदवार रहने टुंगो लागेको छ ।

पार्टीले गाउँपालिकातर्फ पिपरा अध्यक्षमा विक्रम चौधरी र उपाध्यक्षमा राधादेवी साह, सोनमा अध्यक्षमा रामदुलार यादव र उपाध्यक्षमा राधादेवी यादव, महोत्तरी अध्यक्षमा जीतेन्द्र पासवान र उपाध्यक्षमा गुलशन खातुन तथा सम्सी अध्यक्षमा मीनाक्षीकुमारी साह र उपाध्यक्षमा शेष इद्रिशलाई उम्मेदवार बनाउने छ ।

बाँकी रहेको एक मात्र एकडारा गाउँपालिका अध्यक्षमा सो पार्टीले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन नसके पनि उपाध्यक्षमा ममतादेवी मण्डलको नाम सार्वजनिक गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।