वीरगन्जमा कांग्रेसले बनायो ८८ बर्षीय कार्कीलाई उपमेयरको उम्मेदवार

वीरगन्ज, १७ भदौ । कांग्रेसले वीरगन्ज महानगरपालिकाको उपमेयर उम्मेदवारको पनि टुंगो लगाएको छ । उपमेयरमा महाधिवेशन प्रतिनिधि ८८ वर्षीया शान्ति कार्कीलाई उम्मेदवार बनाउने भएको छ । मेयरमा अजय द्विवेदीलाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले वीरगन्जको उपमेयरमा नेतृ शान्ति कार्कीलाई उठाउने निर्णय गरेको जिल्ला सचिव श्याम पटेलले जानकारी दिए ।

केन्द्रीय सदस्य रमेश रिजाल र जिल्ला सभापति तथा मेयर उम्मेदवार अजय द्विवेदीबीच उपमेयर उम्मेदवार छनौटमा विवाद हुँदै आएको थियो । कार्कीले विभिन्न आन्दोलनका क्रममा जेलसमेत बसेको र पार्टीमा धेरै योगदान दिएको पर्सा कांग्रेसले जनाएको छ ।

उपमेयरमा केन्द्रीय सदस्य रिजालले पत्रकार एवं प्रेस युनियनका संस्थापक सदस्य कन्हैयालाल केशरीकी छोरी प्रियंका केशरीको नाम प्रस्ताव गरेका थिए । तर, एक नेताका अनुसार केशरीको नाम उपमेयरका लागि जिल्लाबाट सिफारिस नै भएको थिएन ।

मेयर र उपमेयरको टुंगो लागेसँगै वीरगन्ज महानगरमा कांग्रेसले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएको छ । केन्द्रीय सदस्य शेखर कोइराला, मेयरका उम्मेदवार द्विवेदी र उपमेयरका उम्मेदवार कार्कीसँगै स्थानीय नेता कार्यकर्ताले चुनावी घरदैलो सुरु गरेका छन् । कांग्रेसले शुक्रबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा गरेको घरदैलो कार्यक्रम गरेको छ ।

त्यस्तै, जगरनाथपुरमा पार्टी प्रवेश कार्यक्रम र वगहीमा रात्रीसभासमेत गरेको छ । जगरनाथपुरमा भएको पार्टी प्रवेश कार्यक्रममा मधेस आन्दोलनका सहिद दिलीप चौरसियाको परिवारका सबै सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस पर्साले जनाएको छ ।

छोरा सहिद हुँदा पनि मधेसी दलले साथ नदिएकाले मधेसी दलको साथ छोड्नुपरेको चौरसियाका परिवारजनले बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरम र एमाले परित्याग गरी तीन सयभन्दा बढी कांग्रेसमा प्रवेश गरेको कांग्रेस जिल्ला सचिव श्याम पटेलले दाबी गरे । नयाँपत्रीकाबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।