प्रचण्डले भने,- माओवादी कमजोर हुँदा मधेसी जनता समेत कमजोर बने
बारा, भदौ १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी कमजोर बन्दा मधेसी जनता समेत कमजोर बनेको दाबी गरेका छन् ।

फाईल फोटो
बाराको टागियामा आइतबार आयोजित चुनावी सभामा बोल्दै उनले स्थानीय तहको निर्वाचन गराई सिंहदरबारको अधिकार गाउँसम्म पु¥याउन खोज्दा आफूलाई घेराबन्दी गरिएको गुनासो गरे । तर पनि घेराबन्दी तोड्दै आफू निर्वाचन गराउन सफल भएको दाहालको भनाइ थियो ।


