चर्चित अभिनेत्री तथा नया शक्ति नेपालकी नेत्री करिष्मा मानन्धर ९ कक्षामा भर्ना !

काठमाडौं, १९ भदौ । चर्चित अभिनेत्री तथा नया शक्ति नेपालकी नेत्री करिष्मा मानन्धरले विद्यालय भर्ना गरेकी छिन् । ७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा आएको बताउने करिष्माले अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएकाले विद्यालय गएर अध्ययन गर्ने धोको पूरा गर्न लागेका बताइन् ।

गत वर्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सांसद समेत रहेकी गीता राणाको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल (कक्षा आठ) पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् ।

यसवर्ष भने उनी ग्यारेक्सीमा नभई मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी हुन् । नयाँ शक्ति पार्टी नेपालले सोमबार सीमित सञ्चारकर्मीसँग गरेको अनौपचारिक अन्तरक्रिया कार्यक्रममा करिष्माले आफूले विद्यालय अध्ययन गर्न थालेको खुलासा गरेकी हुन् ।

उनले भनिन्, ‘गत वर्ष मैले गीता म्या’मको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल दिएको हो । यो वर्ष मैतीदेबीको त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएर पढ्दै आएको छु ।’

उनले ७ कक्षा पढ्दै गर्दा सिनेपा क्षेत्रमा सक्रिय भएको र सफलताको शिखरमा समेत पुगेको भएपनि औपचारिक शिक्षाको अभाव भने खड्किरहेकाले सोको पूरा गर्न विद्यालयमा भर्ना भएको बताइन् ।

‘सिनेमा त मैले पिएचडी नै गरेँ भने पनि हुन्छ, तर औपचारिक शिक्षा भने भएन, त्यही अभाव पूरा गर्न अहिले अध्ययन थालेको हुँ’, उनको भनाई थियो ।

उनले पार्टीको कामका साथै फिल्मी क्षेत्रको व्यस्ततालाई पन्छाएर सकेसम्म धेरैभन्दा धेरै दिन विद्यालय जाँदै आएको दाबी गरिन् । उनले अहिले आएर अध्ययन थाल्दा रमाइलो महसुश भएको पनि बताइन् ।

सो क्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आर्यघाटमा नपुगेसम्म पढ्ने र सिक्ने क्रम नसकिने भन्दै करिष्माले अध्ययन थालेकोमा खुसी व्यक्त गरे ।

स्मरण रहोस् करिष्यमाको एकमात्र छोरी कबिता हाल स्नातक तहमा अध्ययनरत रहेकी छिन् ।
व्यावहारिक शिक्षाका सँगसँगै औपचारिक शिक्षाको पनि उत्तिकै महत्व रहेको बुझेर विद्यालय भर्ना भएको करिष्माको भनाई छ ।

यसो त कलाकारको रुपमा देश विदेश चहार्दा सँधै आफूलाई औपचारिक शिक्षा पूरा गर्न नपाउँदा दुःख लाग्ने गरेको र त्यही पीडालाई शान्त पार्न अहिले विद्यालयको ढाकोसम्म पुगेको उनले खुलाइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।