गाउँपालिका का निर्वाचित अध्यक्ष सहित मुस्ताङ कांग्रेसका ६०० बढी एमालेमा प्रवेश

मुस्ताङ । बिगत १ वर्ष अघि नेपाली कांग्रेस मुस्ताङको सांगठनिक बिस्तारमा असन्तुष्ट बनेका जिल्ला स्तरिय नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् ।

चराङबाट सहयोगी पत्रकार नीरज थकालीका अनुसार दोश्रो चरणमा एमाले प्रबेश गर्नेहरुमा मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन,दालोमे गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु),उपल्लो मुस्ताङका १६ यूवा क्लवको अगुवाई गरेका यूवा हस्ती ईन्द्रधारा बिष्ट,नेपाली कांग्रेसमा असन्तुष्ट जिल्ला स्तरिय नेतृ माया बिष्ट,जिल्ला प्रशासन कार्यालयका पूर्व प्रशासक एवं समाजसेवी महेन्द्र बहादुर थकाली लगायत करिव ६ सय बढी कार्यकता एमालेमा प्रबेश गरेका छन् ।

यसअघिको पहिलो चरणमा नेपाली कांग्रेस मुस्ताङका संस्थापक सभापती आनन्द शेरचन,गत संसदिय निर्वाचनमा झिनो मतान्तरले पराजित बनेका प्रेम प्रसाद तुलाचन,मुस्ताङ जीप तथा बस व्यवसायी समितिका अध्यक्ष मिन प्रसाद थकाली र नरसिह शेरचन लगायत १५ सय भन्दा बढी नेता तथा कार्यकर्ता एमाले प्रबेश गरेका थिए ।

चराङमा भएको दोश्रो चरणको पार्टी प्रबेशमा एमाले अध्यक्ष चन्द्रमोहन गौचन तथा आनन्द शेरचनले संयूक्त रुपमा पार्टी प्रबेश गराएका हुन् ।यसअघिको पहिलो पार्टी प्रबेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रबेश गराएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।