यसकारण राजपाका ९ सांसदले दिए राजीनामाको चेतावनी !

काठमाडौं, २० भदौ । प्रदेश नम्बर २ को स्थानीय चुनावमा उम्मेदवार चयन गर्दा मनोमानी गरेको भन्दै राष्ट्रिय जनता पार्टीका नौ सांसदले पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

विभिन्न ६ वटा घटक मिलाएर बनाइएको राजपामा ६ वटै गुटबाट चुनावमा उम्मेदवार आकांक्षी बढेपछि राजपाका नेताहरुले आ–आफ्ना आफन्त र नातेदार खोजेर टिकट दिएको उनीहरुले आरोप लगाएका छन् ।

पार्टीको जनाधार कमजोर हुँदै गएको संवेदनशील अवस्थामा पनि राजपा अध्यक्ष मण्डलका नेताहरुले आफन्त खोजेर टिकट दिएको वताउँदै उनीहरुले निर्णय प्रक्रिया नसच्याए सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका हुन् । ‘आफ्ना आसेपासेलाई टिकट दिने र कार्यकर्तालाई बेवास्ता गर्ने हो भने हामी सांसद पदबाट राजीनामा दिन्छौं’ राजपाका एक सांसदले भने, ‘आन्दोलनका बेला कार्यकर्ता चाहिने टिकट दिनेबेला भाइभतिजा र नातेदार खोजेर दिने हो भने पार्टी रहंदैन ।’

मंगलवार विहान १० बजे बस्ने राजपा बैठक अगाडि उनीहरुले अध्यक्ष मण्डलका अध्यक्षहरुलाई भेटेर राजीनामाको चेतावनी दिएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।