महिला बेचबिखन बिरुद्ध धनकुटाको बसपार्कमा होर्डिङ वोर्ड !
धनकुटा खबर, भदौ २० । ११ औं मानव वेचविखन विरुद्ध दिवसको अवसर पारेर महिला तथा वालवालिका कार्यालयले धनकुटाको बसपार्कमा चेतनामूलक होडिङ वोर्ड राखेको छ ।

‘अबको गन्तव्य मानव वेचविखनको अन्त्य’ भन्ने सन्देशमुलक नारा भएको होर्डिङ वोर्ड राखेको हो ।
होर्डिङ वोर्डमा मानव वेचविखन भनेको के हो, मानव ओसारप्रसार, वेचविखनवाट वच्नका लागि अपनाइने केही उपायहरु, उजुर गर्ने ठेगाना राखिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले होर्डिङ राखिएको स्थल उपयुक्त रहेकोले सबैको लागि चेतना हुने बताए ।


