माओावादीसँगको तालमेलविरुद्ध कांग्रेस कार्यकर्ता, चुनाव बहिष्कार गर्ने चेतावनी (विज्ञप्ति सहित)

रौतहट । असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको चुनावमा नेतृत्वले माओावादीसँग तालमेल प्रयास गरिरहेका बेला नेपाली कांग्रेसका कार्यकर्ता त्यसविरुद्ध उभिएका छन् ।

माओवादी केन्द्रसँग तालमेलको प्रयास भइरहेका बेला रौतहटको चन्द्रपुर नगरपालिकाका कार्यकर्ता त्यसविरुद्ध उभिँदै चुनाव बहिष्कारसम्मको चेतावनी दिएका छन् ।

कांग्रेस कार्यकर्ताले चन्द्रपुर नगरपालिका पार्टी नेतृत्वले सत्तारुढ माओवादी केन्द्रबीच प्रदेश २ को आसन्न चुनावमा तालमेलको कोशिसप्रति असन्तुष्टि जनाएका छन् । चन्द्रपुरमा कांग्रेस नेताहरुले चुनावी तालमेल गरिए चुनाव बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् ।

कांग्रेस नेतृत्वले एमालेको प्रभाव भएको भनिएको राजमार्ग क्षेत्रका विभिन्न स्थानीय तहमा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ । तर, रौतहट क्षेत्र नम्बर ६ का सचिव बच्चुसाह कानुसहित ७ नेताले मंगलवार विज्ञप्ति जारी गरी चुनावी तालमेल नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा चन्द्रपुर नगरपालिकाको मेयर, उपमेयरसहित वडाध्यक्ष तथा सदस्य पदमा अन्य पार्टीसँग तालमेल गर्ने निर्णय भएमा निर्वाचनमा भाग नलिने चेतावनी दिइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।