बर को रुख फेदमा मुर्ति अकारकै ढुंगा भेटियो, भगवान प्रकट भएको भन्दै हेर्ने र पूज्नेको घुइँचो

जनकपुर, भदौ २० । धनुषाको बटेश्वर गाउँपालिका–१ भूचक्रपुरको धुमासन टोलमा बरको रुखको फेदमा मुर्ति आकारकै ढुंगा फेलापरेपछि हेर्नको घुँइचो लागेको छ । स्थानीय बासिन्दाले भगवान महादेव प्रकट भएको भन्दै मेला र पूजापाठ गरेका छन् ।

धुमासन गाउँभन्दा पाँच सय मिटर पूर्व चौरमा सार्वजनकि जग्गामा रहेको झण्डै पाँच दशक पुरानो बरको रुखमा मुर्ति आकारकै ढुंगा फेला परेको हो । गएको मंगलबार सार्वजनिक कामका लागि स्थानीय बासिन्दाले बरको रुख काट्न गएका थिए । त्यसपछि त्यहाँको झारपात सरसफाई गर्दा रुखको फेदमा भित्रबाट मुर्ति आकारकै ढुंगा फेलापरेको स्थानीय बासिन्दा इन्दल महतोले बताउनुभयो ।

उहाँका अनुसार त्यस दिनदेखि मान्छेहरुले देउता प्रकट भएको भन्दै पूजाआजा गर्ने गरेका छन् । अहिले त्यहाँ दर्शन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ । – शैलेन्द्र महतो / उज्यालो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।