सुनको भाउ बढ्यो, यस्तो छ आजको बजार मुल्य
काठमाडौं, भदौ २० । सुनको भाउ आज मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । तोलाको ५७ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ५७ हजार हजारमा कारोबार भएको सुनको भाउ फेरि बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


