लहान नगरपालिका का एमाले मेयर उम्मेदवार मुन्नी साहको घरमा बम बिष्फोट
लहान, भदौं २० । आगामी असोज २ गते हुन लागेको स्थानीय तहमा एमालेबाट लहान नगरपालिकाका उम्मेदवार मुन्नी साहको घरमा बम बिष्फोट गराइएको छ । एमाले केन्द्रीय प्रचार बिभागले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गरेको केही समयपछि नै मेयरका उम्मेदवार साहको लहान-५ स्थित घरमा अज्ञात समुहले बम बिष्फोट गराएको हो ।

साह लहानमा लोकप्रिय नेता र जनताका सवै काममा सहयोगी रहेको कारण जित शुनिश्चित भएपछि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, राजपाको डिजाइनमा हतोत्साही बनाउन बम बिष्फोट गराइएको स्थानीय मतदाताको आशंका छ ।
साहलाई एमाले प्रवेश गरेपछि सत्तारुढ दलका कार्यकर्ताले भूमिगत सुमुह लगाएर ज्यान मार्ने धम्की दिइसकेका छन । तर कसैसामु नझुक्दै जनताको सेवा गर्न साह मेयरको उम्मेदवार बनेपछि यस्तो काम गराइएको हो ।
टिफिन बम प्रहार गरेपनि ढोकामा लागेर बाहिर आइ बिष्फोट भएको छ । प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ भने कसैले पनि जिम्मेवारी लिएको छैन । स्रोतका अनुसार सत्तारुढ दलका नेता कार्यकर्ताहरुले कुनै भुमिगत समुहलाई जिम्मेवारी लिन लगाउने सक्ने बताइएको छ ।


