यस्तो छ दुई नम्बरमा एमालेको सबैलाई बढार्ने रणनीति (भिडियो सहित)

एमालेबिरुद्ध राज्यशक्तिको दुरुपयोग र विदेशी शक्तिको प्रयोग गरिदैछ : महासचिव पोखरेल

काठमाडौं । प्रदेश नम्वर २ को स्थानीय तह निर्वाचनमा सत्तारुढ दलसहित विदेशीहरु मिलेर एमालेबिरुद्ध महागठबन्धन गर्न थालेको एमाले महासचिव इश्वर पोखरेलले बताएका छन् । प्रदेश नम्वर २ मा एमाले उम्मेद्धारहरुको घोषणा गर्दै महासचिव पोखरेलले देशभित्रका सरकारबादी दलहरुले मात्रै एमालेलाई हराउन नसक्ने भएपछि विदेशी शक्ति पनि क्रियासिल भएको बताए ।

‘एमालेलाई हराउन सत्तारुढ दल र विदेशी शक्तिको महागठबन्धन बन्दैछ’ महासचिव पोखरेलले भने ‘जतिसुकै राज्यशक्तिको दुरुपयोग र विदेशी शक्तिको प्रयोग गरेपनि एमालेलाई हराउन ताकत छैन ।’ महासचिव पोखरेले एमालेलाई हराउन सरकारले कर्मचारी, प्रहरी प्रशासनदेखि विदेशी शक्तिसम्म प्रयोग गरेको महासचिव पोखरेलले बताए ।

निर्वाचन आयोगको कार्यशैलीप्रति निकै असन्तुष्ट देखिएका महासचिव पोखरेलले धाँधलीरहित निर्वाचनको बतावरण बनाउन आयोगलाई आग्रह गरेका छन् । ‘निर्वाचनको मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या थप्ने, निर्वाचनकै क्रममा एकहजार ग्यासका सिलिण्डर र चुलो वितरण गरेको आयोगले देखेन’ पोखरेलले भने ‘हाम्रा वरिष्ठ नेता माधव नेपालको टोलीमा सूर्य चिन्ह मात्र देखेछ ।’

सरकारले कतिपय स्थानमा एमाले उम्मेद्धारहरुलाई सरकारी पक्षबाट धम्कि दिने गुन्डागर्दी गर्ने कार्य भइरहेको बताए । ‘यदि यो अराजनीतिक र गैरलोकतान्त्रिक ब्यवहार समयमै सच्चिएन भने हामी पनि चुप लाग्दैनौ, यसको जिम्मेवार सरकारमा रहेका दल र निर्वाचन आयोग हुनेछ ।’

उम्मेद्धार घोषणा कार्यक्रममा एमाले सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराइले सिद्धान्तका आधारमा नभई गणितका आधारमा बन्ने सरकारी गठबन्धनको २ असोजपछि औचित्य सकिने दावी गरे । ‘एमालेसँग एक्लै लड्ने आँट उनीहरुमा छैन, पराजित मानसिकता लिएर चुनावी तालमेल गर्दैछन, निर्वाचनपछि उनीहरु आफै चकित हुनेछन’ भट्टराइले भने ।

एमालेले २ नम्वर प्रदेशका ११० स्थानमा उम्मेद्धारी टुंग्याएको छ । बाँकी स्थानमा आजै टुंग्याउने तयारी भइरहेको प्रदेश नम्वर २ संयोजक सत्यनारायण मण्डलले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।