यसकारण कात्तिक ९ गते ढल्नेभयो देउवा सरकार !

काठमाण्डौं, २१ भदौ । जबकि राष्ट्रियसभा ऐन अहिलेसम्म संसदमा पेश भएको छैन । यो ऐन नबनि कसरी प्रतिनिधिसभा गठन गर्ने ? यसी कात्तिक ९ मा संसद्को उपायदेयता सकिएपछि तीन ठूला दलमध्ये एमालेलाई अहिले जतिसुकै एक्लो गरेपनि उसँग सहकार्य नगरी सुखै छैन ।

किनकि संसद्को गणितीय खेल सकिएपछि सुरु हुने भनेको सहमतीय राजनीति नै हो । त्यसमाथि संविधानको धारा २९८ को उपधारा ८ (ग) मा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्थाबारे स्पष्ट रुपमा लेखिएको छ, ‘निज व्यवस्थापिका संसद नै नरहेपछि, संसद्को सदस्य नरहेकमा ।’ अब प्रधानमन्त्रीको पद पनि कात्तिक ९ गते धरापमा पर्ने पक्कापक्की छ। हुन त त्यसपछि कामचलाउनका रुपमा ६ महहिना चलाउन पाइन्स भन्ने प्रश्न पनि उठ्ला तर, यो संविधानले त्यस्तो व्यवस्था गरेको छैन ।

यसो हुँदा न सांसद, न मन्त्री न त त्यसका लागि कुनै संवैधानिक आधार नै छ । यस्तोमा नयाँ खिलराजको खोजि गर्नुपर्ने हुन्छ वा केही न केही व्यवस्था हुनैपर्छ । यस्तोमा राष्ट्रिय सहमति एकमात्र विकल्प हो ।

अर्को तरिका पनि छ, त्यो हो, ‘संविधान संसोधन गरेर त्यस्तो व्यवस्था मिलाउने ।- काठमाण्डूटुडे



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।