बर्षौपछि थलथलेबासीमा यसकारण छाऊने भो खुशीयाली !

बर्षैपछि थलथलेबासीलाई खानेपानी

धनकुटा खबर, भदौ २१ । धनकुटाको खाल्सा छिन्ताङ् शहिदभूमी गाउँपालिका स्थित थलथले बजारका जनताले बर्षौ देखि पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

ग्रामीण खानेपानी तथा सरसफाइ काेष विकास समिति फण्डवाेर्ड काठमाडाैको आर्थिक सहयोमा लिफ्टिङ्ग पदतीबाट खानेपानी आयोजना सम्पन्न हुने भएपछि उक्त समस्याको अन्त्य हुने भएको हो ।

नेपाल सरकारको पूर्ण सरफाई कार्यक्रममा सहयोग पुर्याउने उदेश्यले फण्डवोर्डले पर्डेप नेपाल धनकुटाको सहकार्यमा कुल ५० लाख ९३ हजारको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न हुन लागेको हो ।

उक्त आयोजनामा ग्रामीण खानेपानी तथा सरसफाइ काेष विकास समिति फण्डवाेर्डको ४० लाख ११ लाख ८ सय ४३ हजार र स्थानियबासीको १० लाख १८ हजार ७ सय ६५ लगानी रहेको पडेप नेपालका कार्यकारी निर्देशक नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

२०७३ बाट शुरु भई ०७४ बैंसाख मसान्त सम्ममा पुरा हुने उक्त आयोजनाबाट थलथले बजारका १ सय ९ घर लाभाम्बित हुनेछन् ।

आयोजना पुरा भएपछि बजारबासीहरुले कुवाबाट घण्टौ लगाएर बर्षौ देखि पानी आसार्नुपर्ने बाध्यताको अन्त्य हुने स्थानियबासी तथा निर्माण समितिका सदस्य योगेन्द्र राईले खुशी ब्यक्त गर्नुभयो ।

बजारको फेदीबाट १ किलोमिटर लिफ्टिङ्ग गरेर वितरण गर्न लागिएको उक्त खानेपानी आयोजना लिफ्टिङ्ग पदतीबाट सम्पन्न हुने धनकुटाको तेस्रो खानेपानी आयोजना हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।