सप्तरीमा तामझामका साथ मनोयन दर्ता

सप्तरी, २१ भदौ । सप्तरी जिल्लामा स्थानीय तह निर्वाचनको विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि विभिन्न तामझामका साथ मनोयन दर्ता आज बिहान १० बजेबाट शुरु भएको छ ।

प्रदेश नं २ मा स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, राप्रापा लगायतका विभिन्न पार्टीले आ–आफनो पार्टीका उमेदवारसँगै लावालस्करसहित जिल्लाको स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

पूर्ण सुरक्षाको व्यवस्था गरिएको प्रत्येक निर्वाचन अधिकृतको कार्यालयअगाडि ठूलो भीड लागेको थियो । बिहान १० देखि साँझ ५ बजेसम्म मनोयन दर्ताका लागि राजनैतिक दलहरु आ–आफ्नो पार्टी कार्यालयबाट ट्रक, बस, जिप, ट्र्याक्टर टेम्पो, म्याजिक र मोटरसाइकलमा झण्डा र पार्टीको ब्यानर लगाएर बजागाजा र नारासहित निर्वाचन कार्यालय पुगेका थिए ।

सवारी साधन सहितको मानिसको भिडका कारण बजारको चिया तथा नास्ता पसलमा खाजा खाने तथा पेट्रोल पम्पमा डिजेल लिनेको भीड लागेको थियो । स्थानीयवासी दिनेशचन्द्र गुप्ताले २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको र यसबाट अधिकारसम्पन्न जनप्रतिनिधि छनोट हुने भएकाले त्यसका लागि प्रदेश नम्बर २ का जनता उत्साहित भएको बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖