मेची-महाकाली अभियान क्रममा हिंसात्मक बनेको सप्तरीमा यस्तो देखियो एमालेको जनलहर (फोटो फिचर)

सप्तरी, २१ भदौ । असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि आज १३६ वटा स्थानीय तहमा उम्मेदवारी दर्ता भइरहेको छ । तराईका जिल्लामा हुन लागेको यो निर्वाचनमा सत्तारुढ कांग्रेस–माओावदीले गठबन्धन गरेका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले सत्तारुढ मोर्चाबन्दी विरुद्ध एक्लै भिड्दैछ ।

मेची महाकाली अभियानमा राष्ट्रिय जनता पार्टीको निशानामा परेको नेकपा एमालेको पक्षमा सप्तरीमा जनलहर देखिएको छ । प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि आज (बुधबार) भइरहेको उम्मेदवार मनोनयनका क्रममा सप्तरीको राजविराज नगरपालिकामा मनोनयन दर्ता गर्न जाँदा देखिएको जनसहभागिताले एमालेको पक्षमा जनलहर देखाएको हो ।

गत वर्षको फागुन महिनामा आयोजित मेची महाकाली अभियान सप्तरी पुग्दा राजविराजमा राजपाका कार्यकर्तासहित मधेसी जनताले एमालेमाथि आक्रमण गरेका थिए । सो क्रममा हिंसा भड्किँदा ५ जनाको ज्यान गएको थियो ।

‘तर अहिले माहोल फेरिएको छ, हिजो एमालेको विरोधमा उत्रिने मधेसी जनता एमालेको फ्यान भएका छन्,’ राजविराजमा भेटिएका अनेरास्ववियुका केन्द्रीय सचिव नरेश रोकायाले भने– ‘सप्तरीका राजविराज नगरसहित अन्य स्थानीय तहमा पनि एमालेको भब्य जुलुससहित शान्तिपुर्ण रुपमा मनोनयन दर्ता भइरहेको छ । एमालेको जित सुनिश्चित छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।