धनकुटाको सागुरीगढी गाउँपालिकामा फुटवल प्रतियोगिता, क्वाटर फाईनल सम्पन्न

विजयी टीमलाई धनकुटामा हुने पारुहाङ्ग सुम्निमा फुटवल प्रतियोगितामा सहभागी गराईने

धनकुटा खबर, भदौ २१ । लक्ष्मी देउराली युवा क्लवको आयोजनामा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ९ आहालेमा सञ्चालित फुटवल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाईनलका खेलहरु सम्पन्न भएकाछन् ।

क्वाटर फाईनलमा ४ वटा खेलहरु भएका थिए । जसअनुसार सागुरीगढी १० धारापानी फुटवल क्लव र मा छामारा युथ क्लव सुनसरी वीच भएको खेलमा १–२ गोल अन्तरले छामारा युथ क्लवलाई हराउदै सागुरीगढी १० धारापानी फुटवल क्लव सेमी फाईनलमा प्रवेश गरेको छ ।

त्यस्तै खाल्सा छिन्ताङ्ग शहिदभूमि गाउँपालिका थलथले फुटवल क्लव र सानोखैरे फुटवल क्लव सुनसरी वीच भएको खेलमा पनि २–१ गोल कै अन्तरले थलथले फुटवल क्लव विजयी भएको छ ।

त्यस्तै सागुरीगढी छिनामचोक फुटवल क्लव र गोलखाडी फुटवल क्लव वीचको खेलमा ६–० गोलको अन्तरले सागुरीगढी छिनामचोक फुटवल क्लव विजयी भएको छ । र सागुरीगढी ९ आहाले र शिरिसे फुटवल क्लव सुनसरी वीच भएको खेलमा ट्राईब्रेकरमा १ को विरुद्ध ३ गोल लगाउदै सागुरीगढी ९ आहाले विजयी भएको छ ।

प्रतियोगिताका विजयी प्रथम समूहले नगद रु ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोश्रो हुने समूहले नगद रु २५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष रमेश राईले वताउनुभयो । प्रतियोगिताको सेमीफाईनल खेल पर्सि शूक्रवार हुनेछ भने फाईनल खेल शनिवार हुने आयोजले वताएको सागुरीगढी ८ का स्थानीय पदम राईले जानकारी दिनुभयो ।

यो प्रतियोगिता खेलकुद विकासका लागि त्यस क्षेत्रका युके लाहुरे र नेपाली लाहुरेहरुको सहयोगमा २०७० सालवाट यही समयमा खेलाईदै आएको क्लवका सल्लाहकार भूपाल राईले वताउनुभयो । प्रतियोगितामा १९ टिमको सहभागीता छ ।

प्रतियोगिताको विजयी समूहलाई धनकुटामा हुने पारुहाङ्ग सुम्निमा फुटवल प्रतियोगितामा सहभागी गराईने आयोजकले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।